जुम्लामा एकीकृत समाजवादीको सिंगो जिल्ला कमिटी नै एमालेमा समाहित

कर्णाली अनलाइन २१ कार्तिक २०७९, सोमबार २१:२०


सुर्खेत । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका जुम्ला अध्यक्षसहित सिङ्गो जिल्ला कमिटी एमालेमा समाहित भएको छ ।जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेसहितको जिल्ला कमिटीका सबै एमाले प्रवेश गरेका हुन् ।

एमाले जुम्ला जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादी जिल्ला अध्यक्ष आदीप्रसाद न्यौपानेले संयुक्त विज्ञप्ति जारी गर्दै सिंगो कमिटी नै एमालेमा समाहित भएको घोषणा गरेका छन् ।

न्यौपानेको एमाले प्रवेश गरेपछि एकीकृत समाजवादी जुम्लामा हंगामा मच्चिएको छ । उनको प्रवेशले तीन हजार बढी मत एमालेमा बढ्ने एमाले जुम्ला इन्चार्ज रतननाथ योगीको दाबी छ ।

जुम्लामा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट प्रदेशसभा १ मा पदमबहादुर रोकाय उम्मेदवार छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगुबाट सुर्खेत आउँदै गरेको जिप कालीकोटमा दुर्घटना

२१ कार्तिक २०७९, सोमबार २१:२०
कालिकोट। मुगुबाट सुर्खेततर्फ आउँदै गरेको जिप कालीकोटका दुर्घटनामा परेको छ। मंगलबार करिब १२ बजे कालीकोट जिल्लाको तिलागुफा नगरपालिका खलागाड नजिक दुर्घटनामा परेको हो। जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले भे १ ज ४४१२ नम्बरको जिप दुर्घटनामा परेको जानकारी दिए।उनका अनुसार जिपमा सवार चार जना घाइते भएका छन् […]