ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु

कर्णाली अनलाइन १७ कार्तिक २०८०, शुक्रबार १९:५६

सुर्खेत । रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन् ।

घटनास्थल भएको ठाउँ कर्नाटक र महाराष्ट राज्यको बिच भागमा पर्दछ । गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गए राति उनीहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाले जानकारी दिए ।

धमलाका अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचाररत थिए । उनीहरू स–परिवार बिरामीलाई अस्पतालमा भेट्न गएका थिए । भेटेर फर्किने बेलामा ट्रकले ठक्कर दिइएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत लगायत पश्चिम नेपालमा भुकम्पको धक्का महसुस

१७ कार्तिक २०८०, शुक्रबार १९:५६
सुर्खेत।सुर्खेत लगायत पश्तिम नेपालमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः४७ बजेतिर कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको हो। थप जानकारी आउन बाँकी छ।