तारा एयर अपडेटः १४ जनाको शव फेला

कर्णाली अनलाइन १६ जेष्ठ २०७९, सोमबार ०५:३२

काठमाडौँ नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ।प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी नै छ। विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन।

नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्दार कार्यमा खटिएका छन् ।प्राधिकरणले एयर डाइनेस्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्दार कार्य भइरहेको जानकारी पनि दिएको छ।विमान दुर्घटना मुस्ताङको थासाङ गाउँपालिका-२ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्युठानमा बन्दुकको छर्रा लागेर एककाे मृत्यु, १० जना पक्राउ

१६ जेष्ठ २०७९, सोमबार ०५:३२
प्युठान।सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर प्युठानमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ऐरावती गाउँपालिका-१ अमिलीका ३४ वर्षीय दोर्णबहादुर आलेमगर रहेका छन्। अमिलीस्थित दोबाटो सामुदायिक जंगल डाँडाथरीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आइतबार दिउँसो उनको घटनास्थलमै मृत्यु भएको हाे।सोही ठाउँ बस्ने २४ वर्षीय ज्ञान बहादुर नेपालीले […]