कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि १२ करोड रूपैयाँ निकासा

कर्णाली अनलाइन ५ माघ २०७८, बुधबार ०५:०२

 

सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि १२ करोड रूपैयाँ निकासा गरेको छ। २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि उक्त रकम निकासा गरिएको हो।

बाढीबाट एक हजार ४५ घरमा पूर्णरूपमा क्षति पुगेको थियो। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत कात्तिक २९ गते मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयमार्फत ६१ लाख ८५ हजार रूपैयाँ राहत रकम पठाएका छन्। यस्तै दुई करोड रूपैयाँ बराबरको विपद् सामग्री खरिद गर्न बोलपत्र आह्वान गरिएको छ।

मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ७१८ वडाका एक हजार ५५ आयोजनाको छनोट भएको मुख्यमन्त्री शाहीले बताए। ‘कर्णालीको बेरोजगारी र गरिबी समाधानका लागि बजेट छुट्याइएको हो‚’ उनले भने‚ ‘रोजगार कार्यक्रमका लागि छनोट भई आएका आयोजनाको कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहमा बजेट पठाइसकेका छौँ।’

प्रदेश सरकारको ब्याज अनुदान कार्यक्रमतर्फ हालसम्म बैंकबाट २०९ र सहकारीबाट ६११ व्यवसायीले अनुदान लिएको र त्यसवापत एक करोड ५१ लाख रूपैयाँ प्रदेश सरकारले ब्याज भुक्तानी गरेको मुख्यमन्त्री शाहीले बताए। प्रदेश सरकारद्वारा ‘कर्णाली प्रदेश प्रसारण नियमावली, २०७६’ संशोधन गरी सञ्चारमाध्यमको आव २०७८/७९ को नवीकरण दस्तुर छुट र रोयल्टी शुल्क एक प्रतिशत झारिएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री कप क्रिकेट : टस जितेको पुलिस फिल्डिङमा

५ माघ २०७८, बुधबार ०५:०२
काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लब विरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान १० बजे सुरु भएको खेलमा खेलमा दुई विभागीय प्रतिद्वन्द्वीबीचको खेल जारी छ। पुलिस सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलमा […]