प्रधानमन्त्री कप क्रिकेट : टस जितेको पुलिस फिल्डिङमा

कर्णाली अनलाइन ५ माघ २०७८, बुधबार ०५:१६

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लब विरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान १० बजे सुरु भएको खेलमा खेलमा दुई विभागीय प्रतिद्वन्द्वीबीचको खेल जारी छ।

पुलिस सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलमा पुगेको हो।

यस्तै, सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीमाथि ४७ रनको जित निकाल्दै फाइनल यात्रा तय गरेको एपिएफ समूह बीको विजेताको बन्दै अन्तिम चारमा आइपुगेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आहा रारा गोल्डकप आजदेखि पोखरामा सुरु हुँदै

५ माघ २०७८, बुधबार ०५:१६
  काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण आजदेखि सुरु हुँदैछ। सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टिम एपीएफ क्लबबीचको खेल दिउँसो २ बजे सुरु हुने छ। प्रतियोगितामा साविक विजेता संकटा क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार क्लब, नेपाल […]