रामदेवको उपस्थितिमा पशुपतिमा योग शिविर

कर्णाली अनलाइन ५ मंसिर २०७८, आईतवार ०४:०२

काठमाडौँ ।भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको सहभागितामा पशुपति क्षेत्रमा आइतबार बिहानै योग शिविर भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयको आयोजना तथा मन्त्री प्रेमबहादुर आलेको सक्रियता पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा योग शिविर भएको हो ।

मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई पशुपतिनाथको दर्शन गराउनुका साथै मन्त्रालयका तर्फबाट सम्मान समेत गरेका छन् ।योग शिविरपश्चात योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारतको नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

योगगुरु रामदेवले शनिबार बिहान पनि चन्द्रागिरिमा योग ध्यान तथा प्रशिक्षण गराएका थिए । योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश २ मा एकीकृत समाजवादीका दुई मन्त्रीले लिए सपथ

५ मंसिर २०७८, आईतवार ०४:०२
जनकपुरधाम ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल विस्तार गरेका छन्। मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा एकीकृत समाजवादी पार्टीका दुई मन्त्रीलाई सपथ ग्रहण गराएका हुन्। एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलका नेता शुत्रधन महतोले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र प्रमोद यादवले कानुन, न्याय तथा प्रदेश […]