प्रदेश २ मा एकीकृत समाजवादीका दुई मन्त्रीले लिए सपथ

कर्णाली अनलाइन ५ मंसिर २०७८, आईतवार ०५:०१

जनकपुरधाम ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल विस्तार गरेका छन्। मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा एकीकृत समाजवादी पार्टीका दुई मन्त्रीलाई सपथ ग्रहण गराएका हुन्।

एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलका नेता शुत्रधन महतोले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र प्रमोद यादवले कानुन, न्याय तथा प्रदेश मामिलामन्त्रीको सपथ ग्रहण गरेका छन्।

एकीकृत समाजवादीलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले आफ्नै पार्टी जसपाका उद्योग पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई बर्खास्त गरेका थिए। यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन जसपाकै ज्ञानेन्द्र यादवले मन्त्री पदबाट राजीनामा दिएका थिए।यससँगै प्रदेश २ मा चारदलीय गठबन्धनको सरकार बनेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतबाट काठमाडौँतर्फ गइरहेको यात्रुबाहक बस दाङमा दुर्घटना :२९ जना घाइते

५ मंसिर २०७८, आईतवार ०५:०१
सुर्खेत । पूर्व–पश्चिम राजमार्गकाे नारायणपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् । सुर्खेतबाट काठमाडौँतर्फ गइरहेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस दाङकाे लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना भएको हो । बसमा ३९ जना यात्रु सवार रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । […]