माधव नेपालकाे व्यङ्ग्य: प्रचण्डलाई राष्ट्रपतिकाे चुनावसम्म त थेग्ने हाेला

कर्णाली अनलाइन २१ माघ २०७९, शनिबार १४:२४

काठमाडाैँ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारूढ गठबन्धनभित्र खटपट सुरु भइसकेको दावी गरेका छन्।

अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकिर समेत गरे।

ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौँ बैठक उद्घाटन गर्दै उनले वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने हो? भनी प्रश्नसमेत गरे।

संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरू, राजतन्त्रको वकालत गर्नेहरू, संविधान, कानुन र नियमको पालना नगर्नेहरू सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क गरे।

अध्यक्ष नेपालले भने, ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन। राष्ट्रपतिको चुनावसम्म थेग्ने होला। तर त्योभन्दा पहिले नै हामीले देखिरहेका छौँ- खटपट सुरु भइसकेको छ। यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो? यसै भन्न सकिने अवस्था छैन। हाम्रो ध्यान अरू कुरामा होइन। देश सही दिशामा अघि बढछ कि बढ्दैन भन्नेमा छ। संविधानको पालना हुन्छ कि हुँदैन भन्नेमा छ। अहिलेका मन्त्रीहरूप्रति मान्छे आशावादी हिजो थिए। अहिले निराश हुन थालेका छन्। भोट दिएर जिताउनेहरू नै उनीहरूको विरोधमा बोल्न थालेका छन्।’

उनले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेतसमेत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२४ घण्टा बितिसक्दापनि सुचारु भएन अवरुद्ध कर्णाली राजमार्ग,हजारौँ यात्रु अलपत्र

२१ माघ २०७९, शनिबार १४:२४
कालिकोट।दैलेखको आठविस नगरपालिका अन्तर्गत सिममा शुक्रबार बेलुका ६ :३० बजे ट्रकको  ठक्करबाट पैतल यात्रीको मृत्यु भएको छ ।हुम्लाबाट नेपालगञ्ज  तर्फ जादैँ गरेको भे १ ख ३५१८ नम्वरको ट्रकले ठक्कर दिदा आठबिस नगरपालिका वडा न ४ का ५५ वर्षीय तिलक माझीको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी […]