पाँचथरमा बस दुर्घटना, १० जनाको अवस्था चिन्ताजनक

कर्णाली अनलाइन ८ कार्तिक २०७८, सोमबार ०७:५३

झापा।पाँचथरबाट झापा आउँदै गरेको बस दुर्घटना हुँदा ५४ जना यात्रु घाइते भएका छन्।घाइतेमध्ये १० को अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। उनीहरूको पाँचथरको समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार भइरहेको प्रहरीले जनाएको छ।

पाँचथरको फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाको बिर्तामोडका लागि छुटेको बस दुर्घटना भएको हो। को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुरमा सडकबाट झरेको हो।

अर्को सवारीसाधनलाई उछिन्ने क्रममा उक्त बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ। उक्त बसमा यात्रा गरिरहेका ५४ यात्रु घाइते भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाँचथर बस दुर्घटनामा ४ को मृत्यु

८ कार्तिक २०७८, सोमबार ०७:५३
झापा । पाँचथरबाट झापा आउँदै गरेको बस दुर्घटना हुँदा घाइते भएका चार जनाको मृत्यु भएको छ। उनीहरूको उपचारको क्रममा मृत्यु भएको पाँचथर फिदिमका पत्रकार खबिन लुइँटेलले जानकारी दिए। उनीहरूको नाम तथा ठेगाना खुलिसकेको छैन। घाइतेमध्ये अझै केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ। उनीहरूको पाँचथरको समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक […]

सम्बन्धित शीर्षक