विराटनगर।निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिेनेशकुमार थपलियाले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए मुलुक दुर्घटनामा जाने बताएका छन । उनले निर्वाचनका सम्पुर्ण तयारी पुरा भएकाले अव निर्वाचनको मिति सार्ने काम कोही कसैबाट हुन नहुने पनि बताए ।
निर्वाचन आयोग नेपालले विराटनगरमा आज आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा सम्बोधन गदैँ आयुक्त थपलियाले भने जहाजको गतिमा हैन रकेटको गतिमा अघि बढेको छ ।अव स्थगित गर्ने खोजे मुलुक दुर्घटनामा जान्छ ।
उनले भने जिल्ला लिल्लामा निर्वाचन अधिकृत तोक्ने र मतपत्र छाप्ने काम पनि पुरा भएको जानकारी दिए ।कार्यक्रममा नेपाल प्रृेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारलाई राजनीति नगर्ने समेत सुझाव दिए ।