मौसम पूर्वानुमान महाशाखा:आज प्रदेश १ र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णाली अनलाइन ३१ जेष्ठ २०७९, मंगलवार ०१:४०

काठमाडौँ।मंगलबार प्रदेश १ र मधेस प्रदेशमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार बिहान गण्डकी, बागमती, मधेश र प्रदेश १ का धेरै स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश नं १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश १ र मधेसका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहको महाशाखाले जनाएको छ। त्यस्तै, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। हाल देशका धेरैजसो स्थानमा मौसमी वायुको प्रभाव रहेकोले धेरैजसो स्थानमा वर्षाको संभावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली सरकारद्वारा उत्कृष्ट दुई उद्यमीलाई सम्मान

३१ जेष्ठ २०७९, मंगलवार ०१:४०
सुर्खेत । कर्णाली प्रदेश सरकारले उत्कृष्ट दुई उद्यमीलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा प्रदेश भरीको सबै भन्दा राम्रो काम गर्ने उद्यमीलाई दुई लाख र सुर्खेत जिल्ला भरीमा राम्रो काम गर्ने उद्यमीलाई एक लाख नगद रुपैयाँ पुरस्कारले सम्मान गरेको हो । आइतबार उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले […]