कर्णाली सरकारद्वारा उत्कृष्ट दुई उद्यमीलाई सम्मान

कर्णाली अनलाइन ३१ जेष्ठ २०७९, मंगलवार ०१:५२

सुर्खेत । कर्णाली प्रदेश सरकारले उत्कृष्ट दुई उद्यमीलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा प्रदेश भरीको सबै भन्दा राम्रो काम गर्ने उद्यमीलाई दुई लाख र सुर्खेत जिल्ला भरीमा राम्रो काम गर्ने उद्यमीलाई एक लाख नगद रुपैयाँ पुरस्कारले सम्मान गरेको हो ।

आइतबार उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको सम्मान कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरीङ डम्डुल लामा (कार्चेन)ले उक्त दुई व्यक्तिलाई सम्मान पत्रसहित नगद रकम हस्तान्तरण गरेका हु्न् ।

सम्मानीत हुनेमा प्रदेश स्तरीयमा कुशे गाँउपालिका–८ जलजला नेपाली हाते कागज उद्योकका सञ्चालक मानबहादुर थापा र सुर्खेत जिल्लार भरबाट गोलोवल च्याउ तथा कृषि उद्योगका सञ्चालक बसन्तीकुमारी अधिकारी रहेका छन् ।थापाले सम्मान पत्रसहित दुई लाख नगद र अधिकारीले सम्मान पत्रसहित एक लाख नगद प्राप्त गरेका छन् ।

सम्मान गर्दै मन्त्री लामाले कर्णालीका उद्यमीहरुलाई तालिमसहितको आवश्यक रहेको बताए । साथै मन्त्री लामाले आगामी बजेटमा उद्यमीमैत्री कार्यक्रम र सौलियतमा ऋीणको व्यवस्थ गर्ने जस्ता कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सवारी लाइसेन्सको वर्ग थप गर्न खुल्यो आवेदन

३१ जेष्ठ २०७९, मंगलवार ०१:५२
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को वर्ग थप गर्न आवेदन खुलाएको छ । सोमबार राति एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले अनलाइन आवेदन खुला गरेको हो । https://applydl.dotm.gov.np/login मा गएर आदेन दिन सकिने विभागले जनाएको छ । यसअघि नयाँ लाइसेन्स लिन चाहानेका लागि मात्रै आवेदन खुलेको […]