सवारी लाइसेन्सको वर्ग थप गर्न खुल्यो आवेदन

कर्णाली अनलाइन ३१ जेष्ठ २०७९, मंगलवार ०२:०१

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को वर्ग थप गर्न आवेदन खुलाएको छ । सोमबार राति एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले अनलाइन आवेदन खुला गरेको हो ।

https://applydl.dotm.gov.np/login मा गएर आदेन दिन सकिने विभागले जनाएको छ । यसअघि नयाँ लाइसेन्स लिन चाहानेका लागि मात्रै आवेदन खुलेको थियो ।अब यसअघिनै लाइसेन्स लिएका चालकले अर्को वर्गको अनुमति थप गर्ने प्रक्रिया सुरु गर्न सक्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चेक अनादर मुद्दामा फरार प्रतिवादी महिला पक्राउ

३१ जेष्ठ २०७९, मंगलवार ०२:०१
सुर्खेत । चेक अनादर मुद्दामा फरार प्रतिवादी महिला पक्राउ परेकी छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले  सोमबार पक्राउ गरेको हो ।प्रहरीका अनुसार फरार प्रतिवादी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० की मन्जु विक रहेकी छन् । जिल्ला अदालत सुर्खेतबाट चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय सुनाएपछि विक फरार भएकी थिईन् […]

सम्बन्धित शीर्षक