सुर्खेत । चेक अनादर मुद्दामा फरार प्रतिवादी महिला पक्राउ परेकी छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो ।प्रहरीका अनुसार फरार प्रतिवादी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० की मन्जु विक रहेकी छन् ।
जिल्ला अदालत सुर्खेतबाट चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय सुनाएपछि विक फरार भएकी थिईन् । प्रहरीले विकलाई पक्राउ गरि जिल्ला अदालत सुर्खेतमा उपस्थित गराइएको छ ।