जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा सुनार निर्वाचित

कर्णाली अनलाइन २७ जेष्ठ २०७९, शुक्रबार ०८:२४

सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा गंगाराम सुनार निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा एमाले-माओवादी गठबन्धनबाट एमालेका सुनार निर्वाचित भएका हुन् ।

सुनारले १० मत प्राप्त गरेका छन् भने कांग्रेसबाट उम्मेदवार दिलिपकुमार वाग्लेले ८ मत पाएका छन् ।यस्तै, उपप्रमुखमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका सचिनकुमार बडुवाल निर्वाचित भएका छन ।सदस्यहरुमा एमालेका डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मिना मल्ल, सावित्रा टोमटो निर्वाचित भएका छन । यस्तै, माओवादीबाट शान्ति ताराम र तुलराम नेपाली निर्वाचित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इन्भेस्टमेन्ट र मेगा बैँकबीच भयो मर्जरमा जाने सहमति, अब नेपालकै सबैभन्दा ठूलो बैँक

२७ जेष्ठ २०७९, शुक्रबार ०८:२४
काठमाडौँ।नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच अन्तत: मर्जरमा जाने सहमति भएको छ।मर्जरबारे शुक्रबार बसेको बैठकमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। इन्भेष्टमेन्ट बैंकको सय कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता बराबर (१ बराबर ०.९ प्रतिशत […]