सर्लाहीमा आगोले जलेर एक वृद्धको मृत्यु

कर्णाली अनलाइन २ फाल्गुन २०७८, सोमबार ०६:३३

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–८, शंकरपुर सोल्टीमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ । स्थानीय ६६ वर्षीय राम आशिष साहको आज बिहान २ बजेतिर आफ्नै घरको आँगनमा आगोले जलेर ज्यान गएको हो।

वृद्ध आगोमा जलिरहेको देख्नासाथ तत्कालै छिमेकीहरूले पानी हालेर आगो निभाए पनि उनलाई बचाउन भने सकेनन्। राति घरमै सुतेका वृद्ध अचानक शरिरमा कसरी आगो लाग्यो? भन्नेबारे केही खुल्न सकेको छैन्। मृतकका दुई छोरा बरहथवा स्थित काठ चिरान मिलमै बसेको बुझिएको छ। वृद्धसँगै परिवारका अन्य सदस्यहरु घरमै सुतिरहेका थिए।

अहिले इलाका प्रहरी कार्यालय बरहथवाबाट डीएसपी उमाशंकर प्रसाद यादव नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेलायतबाट १३ लाख डोज कोरोनाविरुद्धको अस्ट्राजेनिका खोप आइपुग्यो

२ फाल्गुन २०७८, सोमबार ०६:३३
काठमाडौं । बेलायतबाट १३ लाख १२ हजार ८० डोज कोरोनाविरुद्धको अस्ट्राजेनिका खोप आएको छ। बेलायत सरकारले कोभ्याक्स सुविधा मार्फत नेपाललाई सो खोप दिएको हो। कतार एयरलाइन्सबाट खोप आज बिहान आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाले जनाएको छ। हाल सो खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारण कक्षमा राखिएको र छिट्टै प्रदेशहरूमा पठाइने शाखाले […]