घरभित्र छिरेर हातपात गरेपछि राज्यमन्त्री विमला वली प्रहरीको नियन्त्रणमा

कर्णाली अनलाइन ३१ जेष्ठ २०७९, मंगलवार ०५:३८

दाङ। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री (वली)लाई प्रहरीले नियन्त्रणमा लिएको छ। वलीले एक महिलाको घरमा पसेर हातपात गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

दाङको तुल्सीपुर बसपार्क नजिकैबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।स्थानीयहरुका अनुसार मन्त्री वली आज विहानै एकराज बस्नेतको घरमा घुसेर बस्नेतकी श्रीमती र छोरीमाथि हातपात गरेकी हुन।तर बस्तेत भने घरमा नरहेको जनाइएको छ।प्रहरीले वलीलाई सुरक्षा घेरामा राखेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा लगेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सातै प्रदेशले आज बजेट ल्याउँदै

३१ जेष्ठ २०७९, मंगलवार ०५:३८
काठमाडाैं । मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा […]