चरम गुटबन्दीका कारण माओवादी पार्टी समस्यामा:अध्यक्ष प्रचण्ड

कर्णाली अनलाइन १७ भाद्र २०७९, शुक्रबार २०:४१

सुर्खेत।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीभित्र चर्को गुटबन्दीका कारण समस्या आएको बताएका छन्।

शुक्रबार सुर्खेतमा कर्णाली प्रदेशका १० जिल्लाबाट आएका पार्टी कार्यक्रतालाई सम्बाेधन गर्दै उनले कर्णालीभन्दा अन्य प्रदेशमा बढी गुटबन्दी भएको भन्दै पार्टी निर्माणका लागि सबैले गुटगत मानसिकता त्याग्नुपर्ने बताए।

अन्य प्रदेशमा गुटका कारण बोलचालसमेत बन्द भएको भन्दै अध्यक्ष प्रचण्डले माओवादी अब साँच्चिकै जनताको पार्टी बन्ने हो भने सच्चिनुपर्ने बताए।

स्वार्थ समूह र गुटबन्दी नत्यागेसम्म पार्टी निर्माण गर्न नसकिने उनको भनाइ छ। उम्मेदवार छनोट गर्दा जनजाति, दलित र पछाडि पारिएका समुदायको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा खोलाले बगाउदा एक महिला बेपत्ता

१७ भाद्र २०७९, शुक्रबार २०:४१
कालिकोट।जिल्लाको पचालझरना गाउँपालिका फुगाड खोलाले बगाउँदा शुक्रबार एक महिला बेपत्ता भएकी छन। बाजुराको जगनाथ गाउँपालिका वडा नम्वर ५ की अन्दाजी ६५ बर्षीय घयार्की सार्की बेपत्ता भएकी हुन । पोइली घर बाजुरा देखि माइतीघर रास्कोट नगरपालिका आउने क्रममा फुगाड खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ। प्रहरीका अनुसार बेपत्ता […]