कालिकोट।जिल्लाको पचालझरना गाउँपालिका फुगाड खोलाले बगाउँदा शुक्रबार एक महिला बेपत्ता भएकी छन। बाजुराको जगनाथ गाउँपालिका वडा नम्वर ५ की अन्दाजी ६५ बर्षीय घयार्की सार्की बेपत्ता भएकी हुन ।
पोइली घर बाजुरा देखि माइतीघर रास्कोट नगरपालिका आउने क्रममा फुगाड खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ। प्रहरीका अनुसार बेपत्ता महिला सँग उनका २९ वर्षिय छोरा र ४ बर्षिया एक छोरी रहेको बताइएको छ।
बेपत्ता महिलाको खोजी कार्यका लागि रास्कोट देखि प्रहरीको टोली घटनास्थल तर्फ गई खोजी कार्य जारी राखेको र अहिले सम्म बेपत्ता महिला फेला नलागेको प्रहरीको भनाइ रहेको छ।

