गोरु काटेको आरोपमा तीन जना पक्राउ

कालिकोट संवाददाता २ मंसिर २०८०, शनिबार ०७:४०

कालीकोट। कालीकोटमा प्रहरीले गोरु काटिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ । कात्तिक २५ गते नरहरीनाथ गाउँपालिका–८ मा गोरु काटिरहेको सूचना प्राप्तपछि इलाका प्रहरी चौकी कुमाल गाउँबाट खटिएको प्रहरी टोलीले गोरु काट्ने काममा संलग्न रहेको आरोपमा २६ गते बिहान पक्राउ गरेको हो ।

काग तिहारको साँझ नरहरिनाथ गाउँपालिका–९ को विरौना जङ्गलमा रहेको चदारे खानेपानी ट्याङ्कीनजिकै गोरु काटेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–८ बस्ने अन्दाजी वर्ष २२ का हिक्मत वि।क, वडा ९ बस्ने वर्ष ४० का मिम भन्ने मिनी दर्जी सोही वडा बस्ने वर्ष २४ का लोकेश परियारलाई २६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जङ्गलमा गोरु काटेको सूचना वडा ८ का वडाध्यक्ष लालबहादुर विष्टले दिएपछि प्रहरीले गोरुको टाउकोसहित उनीहरूलाई पक्राउ गरेको बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक थापाले सहरको सिकाइ गाउँमा हुन थालेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनगढीमा भीषण आगलागी, अस्पतालसहित आठ पसलमा क्षति

२ मंसिर २०८०, शनिबार ०७:४०
सुर्खेत। कैलालीको धनगढीमा भीषण लागालागी भएको छ । धनगढी उपमहानगरपालिका– १ स्थित सारथी अस्पताल क्षेत्रमा गएराति १ बजे आगलागी भएको हो । आगलागीले अस्पतालसहित आठ पसलमा क्षति भएको प्रहरीले जनाएको छ । सुरुमा अस्पताल नजिक रहेको दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक विद्युत् तार सर्ट […]