लिम्पियाधुरा लिपुलेक, कालापानी, नेपाली भूमी हो : प्रधानमन्त्री दाहाल

कर्णाली अनलाइन ९ जेष्ठ २०८०, मंगलवार १७:१३

काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थाती रहेका सीमा विवादलाई कुटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्।

आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले सदन पेश गरेको नीति तथा कार्यक्रमकाथि उठेका प्रश्नको जवाफ दिँदै दाहालले लिम्पियाधुरा लिपुलेक, कालापानी, नेपाली भूमी नेपालकै भएकाले त्यसलाई कुटनीतिक माध्यमबाट फर्काउने बताएका हुन्।

राष्ट्रियसभामा प्रधानमन्त्री दाहालले भने, ‘देशको सार्वभौमसत्ता, स्वाधिनता र सीमानाको सुरक्षाका लागि सरकार सधैँ सचेत र प्रतिबद्ध छ। लिम्पियाधुरा लिपुलेक, कालापानी, नेपाली भूमी हो भन्ने कुरामा नेपाल सरकार बढो प्रष्ट छ। थाती रहेका सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कुटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ प्रतिबद्ध रहेको छ।’

प्रधानमन्त्रीले नीति कार्यक्रममा नयाँ कार्यक्रममालाई स्थान दिँदै जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई पनि राखिएको दाबी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बझाङको दौलीचौर केन्द्रविन्दु भएर ४.५रेक्टर स्केलको भूकम्प

९ जेष्ठ २०८०, मंगलवार १७:१३
 सुर्खेत।सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प […]