११ महिनापछि ओली, दाहाल र नेपाल एउटै मञ्चमा

कर्णाली अनलाइन २४ मंसिर २०७८, शुक्रबार १०:४६

काठमाडौँ।एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल ११ महिनापछि एउटै फोरमममा देखा परेका छन्।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा ओली, दाहाल र नेपाल एउटै फोरममा देखा परेका हुन्।गत २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिएका थिएनन्।यसअघि चितवनमा भएको नेकपा एमालेको १०औं महाधिवेशनमा नेपाल र प्रचण्ड सहभागी भएनन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाउँघरमा नेता आउँदैछन् भन्दा कुन चोर आएछ भन्ने अवस्था छ : लिङ्देन

२४ मंसिर २०७८, शुक्रबार १०:४६
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँघरमा राजनीतिक दलका नेताप्रति वितृष्ण पैदा हुँदै गएको टिप्पणी गरेका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै लिङ्देनले नेताहरूप्रति विश्वास मर्दै गएको बताएका हुन्। ‘हाम्रो गाउँघरतिर पार्टीको कार्यकर्ताले नेता बोलाउँदा कुनै एउटा भवनमा वा चौतारोमा नेता बोलाएर राख्छन् र छरछिमेकलाई हाम्रो नेता […]