निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

कर्णाली अनलाइन १२ जेष्ठ २०७९, बिहीबार ११:४४

काठमाडौँ ।सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको छ।चारकोसे झाँडी मासेर विमानस्थल बनाउँदा पर्यावरणमा क्षति पुग्ने भएकाले त्यसलाई रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रन्जुहजुर पाँडे क्षेत्रीले सर्वोच्चमा रिट दायर गरेका थिए।

उनीहरुको रिट निवेदनमाथि निर्णय सुनाउँदै बिहीबार बृहत पूर्ण इजलासले विमानस्थल बनाउन सरकारले अहिलेसम्म गरेका निर्णय बदर गर्दै अर्को स्थान खोज्न आदेश दिएको शर्माले जानकारी दिए। सर्वोच्चले निवेदकको माग बमोजिम रिट जारी गरेको हो।

बृहत पूर्ण इजलासमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्मा छन्। आदेशको लिखित कपी तयार हुँदै गरेको सर्वोच्चले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१५ वर्षकी बिरामी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

१२ जेष्ठ २०७९, बिहीबार ११:४४
काठमाडौँ । बलात्कार आरोपी इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका तत्कालीन प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ। २०७४ सालमा १५ वर्षकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इटहरीको ब्लुमिङ लोटस इङ्ग्लिस स्कुलका प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो । ३६ वर्षका राज खड्का भन्ने राजकुमार खड्काले आफ्नै स्कुलमा पढ्ने बिरामी भएकी १५ वर्षकी […]