पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

कर्णाली अनलाइन १० श्रावण २०७९, मंगलवार १५:५३

काठमाडौँ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५९ पुगेको छ।

मंगलबार २१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार ७१४ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर २ हजार २१५ पीसीआर तथा २ हजार ८४० एन्टिजेन परीक्षण भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एसइईको नतिजा सार्वजनिक (यसरी हेर्नुहोस्)

१० श्रावण २०७९, मंगलवार १५:५३
काठमाडौं –राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ। बोर्ड बैठकपछि नतिजा प्रकाशित गरिएको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले  जानकारी दिए। उनले नतिजा वेबसाइटबाट हेर्न सकिने जानकारी दिए। बोर्डले नतिजा प्रकाशित गर्ने समय यसअघि पटक-पटक सार्दै आएको थियो। एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको […]