सामसङले गर्‍यो ग्यालेक्सी ए–०४ एस सार्वजनिक

कर्णाली अनलाइन ५ आश्विन २०७९, बुधबार १७:३६

काठमाडाैँ।सामसङले नेपाली बजारमा ग्यालेक्सी ए-०४ एस सार्वजनिक गरेको छ।यो स्मार्ट फोनमा ट्रिपल रियर क्यामरा रहेकाले नयाँ पुस्ताले फोटोग्राफीको नयाँ युग अनुभव गर्न सक्ने कम्पनीले बताएको छ।

यसमा एउटा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपीको डेप्थ क्यामरा र ५ एमपी सेल्फी क्यामरा छ जसले सेल्फी फोकस फिचर प्रदान गर्ने कम्पनीले बताएको छ।

यो फोन ६.५ एचडी र एममओएलइडी डिस्प्लेको साथ नेपाली बजारमा उपलब्ध छ।यसमा ५००० एमएएच ब्याट्री रहेकाले एकचोटि पूरा चार्ज गर्दा दुई दिनसम्म चार्ज टिक्ने कम्पनीले बताएको छ।

यो फोन कालो, कपर र हरियो गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ।१२८ जिबी रोम र ४ जिबी र्‍यामसहितको यसको मूल्य २१ हजार ९९९ रुपैयाँ र ६४ जिबी रोम र ४ जिबी र्‍यामसहितको मूल्य १९ हजार ९९९ रुपैयाँ तोकिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशमा २८ दलले बुझाए आयोगलाई बन्दसूची

५ आश्विन २०७९, बुधबार १७:३६
सुर्खेत।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४८ दलले निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची पेश गरेका छन्। कर्णाली प्रदेशमा भने २८ दलले आयोगलाई बन्दसूची बुझाएका छन्। प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनेहरूमा राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, नेपालका लागि नेपाली पार्टी, […]

सम्बन्धित शीर्षक