२४ घण्टामा २०५ जना कोरोना संक्रमित, ४३६ जना संक्रमणमुक्त

कर्णाली अनलाइन १९ मंसिर २०७८, आईतवार १०:५८

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४१ पुगेको छ।

आइतबार ४३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ५०७ सक्रिय संक्रमित रहेका छन्।गत २४ घन्टामा ७ हजार ९९५ पीसीआर तथा २ हजार ७५२ एन्टिजेन परीक्षण भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रवीन्द्रजी, तपाईं रेडियोमा फर्किनुस् : पञ्चा सिंह

१९ मंसिर २०७८, आईतवार १०:५८
काठमाडौं। अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई तागत भए विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन चुनौती दिएकी छन्। आइतबार अखिल (क्रान्तिकारी) पद्यकन्या बहुमुखी क्याम्पस कमिटीले आयोजना गरेको नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएकी हुन्। सडकको मोर्चा खाली देखेर मण्डलेहरु सलबलाउन खोजेको भन्दै […]