कालिकोट। जिल्लामा रहेको कोभिड अस्पताललाई आज एक कार्यक्रमका विच कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीद्धारा सरुवा रोग अस्पतालको औपचारिक उद्धघाटन गरिएको छ । जिल्लामा रहेका ५ सरकारी कार्यालयका लागी बनाएको उक्त एकिकृत भवनलाई सरुवा रोग अस्पताल रुपमा विस्तार गरिएको छ।
पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही मुख्यमन्त्रीमा बाहाल रहदा उहाँकै पहलकदमीमा स्वकिूत भएको अस्पतालको उक्त भवनको उद्धघाटन गदैँ पुर्व मन्त्री शाहीले भने,’ कालिकाट रोग भोग अशिक्षा र अज्ञान्ताको भुमरीबाट जन्मिएको हुदा पहिलो सरुवा रोग अस्पताल कालिकोटमा संञ्चालनमा आउनु निकै गौरवको विषय रहको र अव कालिकोटवासीले कुनै पनि स्वास्थ सेवाबाट बन्चित नहुने तर्फ जोड दिए।
उक्त कार्यक्रम स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.रत्नविर सुनारको सभा अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता,राष्ट्रिय सभा सदस्य जिवन बहादुर बुढाको विषेश आतिथ्यता,जिल्ला समन्य समिती ,जनप्रतिनिधि राजनितिक दलका प्रमुख तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख,प्रत्रकार र सरोकारवालाहरुको सहभागितामा सरुवारोग अस्पतालको उद्घाटन गरिएको छ।

