अर्थमन्त्रीले जनघात मात्रै होइन राष्ट्रघात गरे : सांसद भट्टराई

कर्णाली अनलाइन ३० जेष्ठ २०७९, सोमबार ०६:४५

काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्री जर्नादन शर्माले करका दर अस्वभाविक रुपमा परिवर्तन गरेको भन्दै  आपत्ति जनाएका छन।

जेठ १४ गते राति आगामी वर्षको बजेटमा पूर्वनासुलाई अर्थमन्त्री शर्माले मनलाग्दी करका दर परिवर्तन गर्ने जिम्मेवारी दिएको सार्वजनिक भएपछि एमालेले आपत्ति जनाएको हो। संसदमा एमाले सांसद योगेश भट्टराईले भने, ‘पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि सूचना सार्वजनिक गरिँदैन। अर्थमन्त्रीले जनघात मात्रै होइन, राष्ट्रघात गर्नुभएको छ। अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्छ।’

भट्टराईले करका दर अस्वभाविक रुपमा हेरफेर गरिएको बारे अर्थमन्त्री शर्माले संसदमा जवाफ दिन माग गरे। ‘यो विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्छ, सत्तारुढ दल र प्रधानमन्त्रीको पनि यस विषयमा ध्यान जाओस्’, उनले भने।

सदनमा आफूहरुले अर्थमन्त्रीका बद्नियतबारे उठाउँदै आएको आवाज सही ठहरिएको उनले दावी गरे। बेलायतमा अर्थमन्त्रीले सदनमा बजेट पेश गर्नुअघि चुरोट खाने सांसदलाई व्यग्य गर्दा राजीनामा दिनु परेको स्मरण गराउँदै करको गम्भीयर्ता बुझ्न आग्रह गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरमा २० हजार लिटर पेट्रोल आउँदै

३० जेष्ठ २०७९, सोमबार ०६:४५
सुर्खेत । कर्णाली प्रदेशमा देखिएको पेट्रोल अभाव सोमबार दिउँसोबाट सहज हुने भएको छ । जसका लागि वीरेन्द्रनगरमा २० हजार लिटर पेट्रोल बाेकेकाे ट्यांकर नेपालगञ्जदेखी सुर्खेत हिडेकाे छ । नेपाल आयल निगम इन्धन डिपो कार्यालय नेपालगञ्जका प्रमुख दिपकप्रसाद घिमिरेले अबको साढे दुई घण्टामा २० हजार लिटर पेट्रोल वीरेन्द्रनगरमा आईपुग्ने बताए । प्रमुख घिमिरेका […]