फुकोट-कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने

कर्णाली अनलाइन ५ श्रावण २०७९, बिहीबार १२:४२

सुर्खेत । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा आयोजनास्थल भएकाे फुकोट-कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो ।

प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाका प्रमुख हीरामन वाइबाले जानकारी दिए । ‘स्थानीयलाई सेयर दिने निर्णय गरिएको छ, प्रभावित क्षेत्रकालाई मात्र दिने कि जिल्लाभरकालाई दिने भन्ने निर्णय भएको छैन,’ उनले भने ।

आगामी वर्षदेखि निर्माण थालिने सो आयोजनामा सरकारले लगानी जुटाउने प्रयास गरिरहेको वाइबाले बताए ।  आयोजनाका संरचना सो गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा बन्ने छन्। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको प्रमुख वाइबाले बताए ।

आयोजनाको अनुमानित लागत रु ९२ अर्ब ३० करोड रहेको छ। आयोजना निर्माण गर्दा एक हजार १४९ परिवार प्रभावित हुने बताइएको छ । आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको वाइबाले बता ए। हालसम्म रु ५० करोडभन्दा बढी रकम मुआब्जावापत वितरण गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सार्वजनिक बिदाको दिन चल्ने अत्यावश्यक सरकारी गाडीको चाबी नखोस्न गृहको निर्देशन

५ श्रावण २०७९, बिहीबार १२:४२
  काठमाडौं। गृह मन्त्रालयले सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सरकारी सवारी साधन राेक्ने, चाबी खोस्नेलगायतका काम भइरहेको हुँदा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रिस्तरीय निर्णय अनुसार सम्बन्धित निकायलाई सर्कुलर जारी गर्दै यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ। मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले त्यस्ता गतिविधि भइरहेको हुँदा […]