सार्वजनिक बिदाको दिन चल्ने अत्यावश्यक सरकारी गाडीको चाबी नखोस्न गृहको निर्देशन

कर्णाली अनलाइन ५ श्रावण २०७९, बिहीबार १२:४८

 

काठमाडौं। गृह मन्त्रालयले सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सरकारी सवारी साधन राेक्ने, चाबी खोस्नेलगायतका काम भइरहेको हुँदा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रिस्तरीय निर्णय अनुसार सम्बन्धित निकायलाई सर्कुलर जारी गर्दै यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ। मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले त्यस्ता गतिविधि भइरहेको हुँदा झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधनलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने  भएकोले सोही बमोजिम आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन लगायतका सम्बन्धित निकायलाई सर्कुलर जारी गरिएको बताए।

उनले माथि उल्लेखित बाहेकका सरकारी सवारी साधन बिदाका दिन चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्था कडाईका साथ लागू गर्न पनि भनेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालीकोटमा हाईस दुर्घटनाहुँदा ५ घाइते

५ श्रावण २०७९, बिहीबार १२:४८
कालिकोट। जिल्लाको खाँडाचक्र नगरपालिकामा हाईस दुर्घटनाहुँदा पाँच जना घाइते भएका छन् । कालीकोटको मान्माबाट नाग्म गमगडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस बिहीबार दिउँसो ३ः४५ बजेतिर दुर्घटना भएको हो । हाईस खाडाचक्र नगरपालिका–८ सिम्ले खोला भन्ने ठाउँमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक […]