दैलेख। जिल्लाका ४८ निर्वाचनस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ। जिल्लाको निर्वाचन सुरक्षा समितिले तयार पारेका प्रतिवेदनका अनुसांर दैलेखका ४८ निर्वाचनस्थललाई अति संवेदनशील सूचीमा राखेको छ ।्रत्यसैगरी कर्णाली प्रदेशमा अति संवेदनशील सूचीमा परेका जिल्लाहरुमा रुकुम पश्चिमका २१, कालिकोटमा ७४, डोल्पामा २३, सल्यानमा ६३, सुर्खेतका २० र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको हो।
समितिका अनुसार सात जिल्लाका ३२५ मतदानस्थल संवेदनशील रहेका छन्, जसमध्ये रुकुम पश्चिमका ४३, डोल्पाका २६, सुर्खेतका छ। सल्यानका ३, कालिकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल संवेदनशील देखिएका छन्।
प्रदेशभर १३८ वटा मतदानस्थल सामान्य रहेका छन् । कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा जानकारी पाउन केही समय लागेको बताएको छ ।
कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर ९३३ मतदानस्थल र एक हजार ४०३ मतदान केन्द्र निर्धारण गरिएको छ। आयोगका अनुसार कर्णालीमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेशभर १० लाख आठ हजार ४०३ मतदाता छन्।
कर्णालीमा समानुपातिकतर्फको कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पामा मात्र मतपत्र पठाउन बाँकी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगले अन्य ६ जिल्लामा समानुपातिकतर्फको मतपत्र पुगिसकेको बताएको छ।