मोटरसाइकल र टिपर ठोक्किँदा एक घाइते‚ एकजनाको मृत्यु

कर्णाली अनलाइन २९ मंसिर २०७८, बुधबार ०४:४२

हेटौंडा ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ दारिमटारमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको इँटा बोकेको प्रदेश ३ ००१ ख १८४९ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको ना ४९ प ८२५२ नम्बरको मोटरसाइकल पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९ मा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु  भएको हो।

मृत्यु हुनेमा चितवनको रत्ननगरका अन्दाजी ४० वर्षीय युवराज आचार्य रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।दुर्घटनामा मोटरसाइकलमा सवार बाग्लुङका ३३ बर्षीय नुरबहादुर थापा घाइते भएको र उनलाई उद्धार गरी उपचारका लागि चुरेहिल अस्पताल पठाइएको दासले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओलीको आग्रह : सबैलाई न्याय गर्न सकिएन, चित्त नदुखाउनुस्

२९ मंसिर २०७८, बुधबार ०४:४२
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनबाट देशलाई ठूलो सन्देश दिएको बताएका छन्। बुधवार ललितपुरमा आयोजित मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा ओलीले महाधिवेशनबाट विचार प्रवाह भएको दाबी गरे। ‘हामीले महाधिवेशनबाट ठूलो विचार प्रवाह गरेका छौं। देशलाई नै सन्देश दिएका छौं,’ उनले भनेका छन्, ‘अत्यन्तै प्रशोधित रुपमा हाम्रा विचार […]