सुर्खेत।सुर्खेतबाट दैलेख सदरमुकामका लागि छुटेको हाइस दैलेखको रिठा नजिक शनिवार दुर्घटना भएको छ। लु २ ख ६९५३ नम्बरको हाइस दुर्घटनामा परेको हो ।दुर्घटनामा चालक घाइते भएका छन् ।
दैलेखको महाबु गाउँपालिका५ काशिकाँधका २३ वर्षीय तिलक बमको खुट्टामा चोट लागेको ट्राफिक कार्यालय दैलेखका इञ्चार्ज प्रहरी हवल्दार दशरथ थापाले बताए ।
घाइते चालक बमलाई प्राथमिक उपचारपछि कर्णाली प्रदेश अस्पताल पुर्याएर थप उपचार चलिरहेको र दुर्घटनामा सामान्य घाइते भएका १३ जना यात्रुहरु अर्को गाडीमा गन्तव्यसम्म पुर्याइएको प्रहरी हवल्दार थापाले कर्णाली अनलाइनलाई जानकारी दिए ।

