नेपाल बार परिसरमै वकिलहरुलाई धम्क्याउने दुई जना पक्राउ

कर्णाली अनलाइन ३ मंसिर २०७८, शुक्रबार ०४:११

काठमाडौँ ।नेपाल बार एसोसियसनको कार्यालय परिसरमै पसेर वकिलहरुलाई जथाभावी अश्लील गाली गर्ने दुईजना पक्राउ गरेका छन्।प्रहरीका अनुसार वकिलहरुलाई अश्लील गाली दिँदै कालो कोट च्यातिदिने धम्की दिएकामध्ये तीर्थ ढकाल र सीताराम श्रेष्ठ पक्राउ परेका हुन्। उनीहरुलाई काठमाडौँको टेकुस्थित अपराध महाशाखाको नियन्त्रणमा राखिएको छ।

पक्राउ परेका ढकाल र श्रेष्ठसहित चार युवाले वकिलहरुलाई पैसा खाएर जथाभावी मुद्दा हेर्ने गरेको भन्दै अश्लील गाली गरेका थिए।केही वकिलहरु प्रतिकारमा उत्रेपछि उनीहरु बार परिसरबाट बाहिरिएका थिए। स्वास्थ्य मन्त्रालयमा रातो रङको कार पार्क गरेर उनीहरु बार परिसर प्रवेश गरेका थिए।प्रहरीले पक्राउ परेका ढकाल र श्रेष्ठमाथि थप अनुसन्धान कार्य भइरहेको जनाएको छ। प्रहरीले पक्राउ परेका ढकाल र श्रेष्ठबारे सबै जानकारी खुलाएको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल प्रहरीका आठ डीएसपी, एसपीमा बढुवाका लागि सिफारिस

३ मंसिर २०७८, शुक्रबार ०४:११
काठमाडौं। नेपाल प्रहरीका आठजना नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी प्रधान कार्यालयले उपरीक्षक ९एसपी० मा बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको हो । यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमल्सिनासहित अन्य आठको बढुवा भएको छ । […]

सम्बन्धित शीर्षक