नेपाल सरकारको मुख्यसचिव पदमा डा. अर्याल नियुक्त

कर्णाली अनलाइन ३२ जेष्ठ २०८०, बिहीबार ११:४३

काठमाडौँ।नेपाल सरकारको मुख्यसचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

असोजमा कार्यकाल सकिन लागेका मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गरेर अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको  हो ।

सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरेको छ ।२ असारमा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउन लागेका अर्याल हाल प्रधानमन्त्री कार्यालयमा सचिव छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत उपत्यकामा शुक्रबारदेखि नगर बस सञ्चालन, यस्तो छ रुट

३२ जेष्ठ २०८०, बिहीबार ११:४३
सुर्खेत । वीरेन्द्रनगरबासीलाई सहुलियत र सहज रुपमा यातायात सेवा प्रदान गर्न नगर बस सञ्चालन गर्न लागिएको छ । अटो रिक्साले मनलाग्दी भाडा अशुल्ने गरेको जन गुनासो बढेपछि यातायात व्यवसायीहरुले फोर्स गाडीबाट सेवा प्रदान गर्न लागेका हुन् । भोली (शुक्रबार) विहान ७ बजेदेखि सेवा सञ्चालन गर्न लागिएको सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष […]