उच्च रक्तचापका बिरामीले दही खान मिल्छ ?

कर्णाली अनलाइन ६ बैशाख २०७९, मंगलवार ०९:२७

काठमाडौं । व्यस्त जीवनशैली, मानसिक तनाव र कम शारीरिक गतिविधिका कारण पछिल्लो समय उच्च रक्तचापका बिरामी बढिरहेका छन् । उच्च रक्तचापका कारण मस्तिष्कघात, प्यारालाइसिस र निद्रा नलाग्ने जस्ता समस्या आउन सक्छन् । यसकै कारण हृदयघात समेत हुनसक्छ ।

यसको समस्याबाट बच्न विभिन्न उपाय अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् । उच्च रक्तचापको समस्या कम गर्न खानेकुरामा पनि ध्यान दिनुपर्छ । धेरैजसो उच्च रक्तचापका बिरामी दही खान रुचाउँदैनन् । दहीले रक्तचापलाई अझ बढाउने उनीहरुमा भ्रम देखिन्छ ।

तर चिकित्सकहरु भने दहीले उच्च रक्तचापका बिरामीका लागि दही फाइदाजनक रहेको बताउँछन् । दहीमा क्याल्सियम, आइरन, पोटासियम, भिटामिन बी र म्याग्नेसियम जस्ता पोषक तत्व पाइने भएकाले उच्च रक्तचाप नियन्त्रण गर्न यसले मद्दत गर्ने उनीहरुको भनाइ छ ।

दहीमा पाइने म्याग्नेसियमलाई पनि स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक मानिन्छ । यसमा पाइने क्याल्सियमले मांसपेशीको बलियो बनाउँछ भने हड्डीसम्बन्धी समस्यालाई कम गर्न सहयोग गर्छ । यसको प्रयोगले मुटुसँग सम्बन्धित समस्यालाई पनि फाइदा गर्छ ।

दहीको प्रोबायोटिक गुण स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले पाचन प्रणालीमा सुधार ल्याउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसको सेवनले ताजापनको पनि महसुस हुन्छ ।

दहीलाई प्रोट्रिनले भरिपूर्ण खाद्य पदार्थका रुपमा लिइन्छ । यसले आन्द्रालाई पनि स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । महीले पनि उच्च रक्तचापको समस्यालाई नियन्त्रण तथा कम गर्न सहयोग गर्छ ।

दही यसकारण फाइदाजनक

दही सेवनले पाचन प्रणालीलाई फाइदा पुर्‍याउँछ । पेट खराब हुँदा दही खाए निको हुन्छ ।  दहीलाई सन्तुलित स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । यसको सेवनले शान्त बनाउने काम गर्छ भने तौल नियन्त्रणमा पनि सहयोग पुर्‍याउँछ । दहीलाई छालाको लागि पनि महत्वपूर्ण मानिन्छ ।

दहीलाई रातमा नभई सकेसम्म दिउँसो सेवन गर्नुपर्छ । राति दही खाँदा रुघाखोकी लाग्न सक्छ । साससम्बन्धी समस्या भएका बिरामीले भने राति कहिल्यै पनि दही सेवन गर्नुहुँदैन ।

तर फ्याट भएको दहीले भने मुटुमा केही असर पार्न सक्ने मुटुरोग विशेषज्ञ डा. हरिहर दाहाल बताउँछन् । यद्यपि यसमा विस्तृत अध्ययन हुन बाँकी नै रहेको उनको भनाइ छ । समग्रमा दही स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक रहेको र माइग्रेन तथा ग्यास्टिकको समस्या भएका व्यक्तिले सेवन गर्न नहुने उनी बताउँछन् ।

‘दहीले माइग्रेन र ग्यास्टिकको समस्या भएकालाई हानि गर्छ, तर मुटुमा भने यही नै असर गर्छ भनेर भन्न सकिंदैन,’ डा. खनाल भन्छन्, ‘फ्याट नभएको दहीले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । दहीले पाचन प्रणालीलाई मजबुत बनाउनुका साथै गर्मीमा पनि लाभदायक हुन्छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वोच्च अदालतको अन्तरिम आदेश: चु्नाव लड्न जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने

६ बैशाख २०७९, मंगलवार ०९:२७
काठमाडौँ।स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ ।सर्वोच्च अदालतले हेल्मबु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ। न्यायाधिस दोय तेजबहादुर के सी र तिलकप्रसाद श्रेष्ठको संयुक्त इजलासले मगलवार यस अघिको अन्तरिम आदेश खारेज गर्दैँ निर्वाचन आयोगले आचारसंहितामा उल्लेख गरेको प्रावधानलाई […]