भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश, देउवाले गरे पार्टीमा स्वागत

कर्णाली अनलाइन २० बैशाख २०७९, मंगलवार ०६:२९

काठमाडौँ।अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् ।यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए ।

उनीहरुलाई अभिनेता निर शाह लगायतले काँग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ । यसअघि एमालेमा संलग्न रहेपनि अभिनेता केसी निष्क्रिय जस्तै थिए । स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारेपनि पछि अस्वीकार गरेका थिए । यस्तै खड्का भने दलीय राजनीतिमा खुलेकी थिइनन् । पार्टीमा प्रवेश गराउँदै देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रविधिलाई मात्रै हेरेर राज्यले कानूनहरु बनाउँदा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई वञ्चित गर्यो:अध्यक्ष पोखरेल

२० बैशाख २०७९, मंगलवार ०६:२९
काठमाडौँ।नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पत्रकारहरुले मान्न जरुरी नरहेको अभिव्यक्ति दिएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उनले निर्वाचन […]