धनगढी।नेपाली कांग्रेसको धनगढी नगर सभापतिमा यज्ञराज उपाध्याय निर्विरोध चयन भएका छन्। कांग्रेस धनगढीको बुधबार भएको नगर अधिवेशनबाट सभापतिमा उपाध्याय निर्विरोध चयन भएका हुन्।
नगर सभापतिका लागि निर्माण व्यवसायी संघ कैलालीका अध्यक्षसमेत रहेका उपाध्याय र रुपेश स्वारले उम्मेदवारी दिएका थिए। छलफलपछि स्वारले उम्मेदवारी फिर्ता लिएका थिए।उपाध्याय नेपाल विद्यार्थी सङ्घबाट कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए। सभापतिबाहेक अन्य पदका लागि सहमतिको प्रयास भइरहेको छ।