वकिलहरुले गरे आज पनि सर्वोच्चमा नाराबाजीसहित प्रदर्शन

कर्णाली अनलाइन १ मंसिर २०७८, बुधबार ०७:०२

काठमाडौँ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै वकिलहरुले बुधबार पनि सर्वोच्च अदालतमा प्रदर्शन गरेका छन्।नेपाल बार एसोसियसनको अगुवाइमा वकिलहरुले राणाको राजीनामा माग गर्दै सर्वोच्च मुल गेटमा प्रदर्शन गरेका छन् । नाराबाजी गर्दै वकिलहरु सर्वोच्च परिसरमा प्रवेश गरेका छन् ।

त्यसक्रममा प्रहरी र वकिलहरुबीच केहीबेर ठेलमठेलको अवस्था सिर्जना भएको थियो । विगत केही दिनदेखि यो क्रम जारी छ ।प्रधानन्यायाधीश राणा सर्वोच्चको अर्को गेटबाट अदालत प्रवेश गर्दै आएका छन् । बारले शुक्रबारभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ ।

बारले न्यायालय सुधारका लागि प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गर्दै आएको हो । कार्यपालिकामा भाग खोजेको, भ्रष्टाचारलाई सहयोग गरेकोसहितका अभियोग प्रधानन्यायाधीश राणामाथि लगाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

4G सेवा विस्तारसँगै बढ्यो टेलिकमको मुनाफा

१ मंसिर २०७८, बुधबार ०७:०२
काठमाडौँ ।नेपाल टेलिकमले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार भएपछि गत आर्थिक वर्षको तुलनामा झण्डै ५० प्रतिशतले मुनाफा वृद्धि गरेको छ ।गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ असोज मसान्त) मा खुद मुनाफा रु एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार रहेकामा चालु आवको सोही अवधि (२०७८ असोज मसान्त) मा […]

सम्बन्धित शीर्षक