काठमाडौँ।नेकपा एमालेका नेता भीम रावलले आफूलाई नसोधी दिइने कुनै पनि जिम्मेवारी स्वीकार नगर्ने बताएका छन्।एमालेले नेता रावललाई सल्लाहकार परिषद्को सदस्यमा नियुक्त गरिएको बताएको थियो। तर रावलले आफूलाई यसबारेमा कुनै जानकारी नरहेको र ‘टीके’ प्रणालीको विरोधमा रहेको बताएका छन्।
उनले ट्वीट गरेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’
गएको मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो।पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन छन्।