‘पाकिस्तानले जम्मू कश्मीर र पठानकोटमा ड्रोन आक्रमण गर्‍यो’

कर्णाली अनलाइन २५ बैशाख २०८२, बिहीबार २२:१४

एजेन्सी।पाकिस्तानले जम्मू र पठानकोटमा ड्रोनबाट आक्रमण गरेको छ। पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको दैनिक भास्करले समाचार प्रकाशित गरेको छ।

जम्मूमा राति ८ बजेदेखि ब्ल्याकआउट गरिएको छ। सो क्षेत्रमा पाकिस्तान तर्फबाट भारी गोलाबारी भइरहेको छ। धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्।

पाकिस्तानले राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण गरेको बताइएको छ। अहिले पञ्जाब, जम्मू कश्मीर र राजस्थान उच्च सतर्कता अपनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ललितपुर महानगर क्षेत्रमा शुक्रबार सार्वजनिक विदा

२५ बैशाख २०८२, बिहीबार २२:१४
काठमाडौँ-  ललितपुर महानगरले शुक्रबार सार्बजनिक बिदा दिएको छ। महानगरले शुक्रबार राति मछिन्द्रनाथको रथजात्रा तान्नेक्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहुर्त परेको अवसरमा सार्बजनिक बिदा दिएको जानकारी दिएको छ। मछिन्द्रनाथको रथ तान्ने क्रममा नरिवल खसाल्ने परम्परा विशेष मानिन्छ।