जाजरकोटमा शिक्षकबाट राजीनामा नदिई उपमेयरमा उम्मेदवारी दर्ता

कर्णाली अनलाइन १४ बैशाख २०७९, बुधबार ०८:३२

जाजरकोट।जिल्लाको नलगाड नगरपालिकाको उपमेयरको टिकट पाएर मनोनयन दर्ता गरेका तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ।स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिसँगै निजामती कर्मचारी र शिक्षकहरूले पनि राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ । तर शिक्षक खत्रीले राजीनामा नदिएरै उपमेयरमा उम्मेदवारी दर्ता गराएको पाइएको छ ।

नेपाली कांग्रेसबाट टिकट पाएर नलगाड नगरपालिकाको उपमेयरमा मनोनयन दर्ता गराएका खत्रीको राजीनामा स्वीकृत नभएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय जाजरकोटले जनाएको छ ।नलगाड नगरपालिका–२ घर भएका खत्री त्रिभुवन मावि खलंगाका निमावि तहका स्थायी शिक्षक हुन् । उनले राजीनामा पत्र बुझाए पनि उनकी श्रीमतीले सनाखत नगर्दा राजीनामा स्वीकृत हुन सकेको छैन ।

खत्रीले १२ वैशाखमा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा राजीनामा पत्र लगेका थिए । तर श्रीमतीको सनाखत नभएका कारण तुरुन्तै सनाखत गरेर ल्याउन आग्रह गरे पनि अहिलेसम्म सम्पर्कमा नआएको निर्वाचन कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जेठ १ देखी लागु हुनेगरी सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय

१४ बैशाख २०७९, बुधबार ०८:३२
काठमाडौँ। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।जेठ १ गतेबाट लागु हुनेगरी सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने  निर्णय गरेको हो ।हप्तामा दुईदिन बिदा भएपनि कार्यालय समय भने बढाइएको छ। बिहान ९ ३० बजेदेखी र साँझ ५ ३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको सरकारका […]

सम्बन्धित शीर्षक