वीरेन्द्रनगरमा बोइलर कुखुराको मासु खाँदा एक बिरामी

कर्णाली अनलाइन ८ आश्विन २०७९, शनिबार १७:००

 

सुर्खेत । वीरेन्द्रनगरमा बोइलर कुखुराको मासु खाँदा एक जना बिरामी परेका छन्। शुक्रबार साँझ वीरेन्द्रनगर नगरपालिका–३ तातापानी बस्ने कर्णप्रसाद चौलागाईको छोरा बिरामी परेका प्रहरीले जनाएको छ।

चौलागाईको श्रीमतिले आफ्नै घर नजिक रहेको मासु पसलबाट आधा किलो बोइलर कुखुराको मासु ल्याएर घरमै सबै परिवार मिली पकाई खाना खाएका थिए।

खाना खाइसकेको आधा घण्टापछि चौलागाईको छोरा नेसनल चौलागाईलाई बान्ता भएको थियो। बान्ता भएपछि नेसनललाई उपचारका लागि अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई रहेको छ।साथै प्रहरीकाअनुसार अन्य घर परिवारका सदस्यलाई कुनै लक्षण देखा परेको छैन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारसँग १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनशन(यस्तो छ सहमति)

८ आश्विन २०७९, शनिबार १७:००
काठमाडौं।विगत १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीले अनशन तोडेका छन्।उनले आज साँझ सरकारसँग १० बुँदे सहमति भएपछि अनशन तोडेका हुन्। केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन्। आज भएको सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्‌मा पेस गर्ने समेत सम्झौता भएको उनका समर्थित प्रितम सुवेदीले बताए। केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका […]