सुर्खेत । सिमकोटबाट हिल्सा जाँदै गरेको जिप कर्णाली नदीमा खसेको छ । हुम्लाको च्याछहरा भिरमा उकालो चढ्दै गरेको कर्णाली प्रदेश ०३-१-०२२ च ५१२६ नम्बरको बलेरो जिप सोमबार बिहान च्याछहरा भिरबाट कर्णाली नदीमा खसेको हो ।
दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार बिहान ५ बजे सिमकोटबाट हिल्साका लागि हिँडेको जिप बिहान करिब ७ बजे उक्त भिरबाट खसेको प्रहरीले जनाएको छ ।
जनकपुर घर भएका चालक राजेशहेमजंग तामाङको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए । जिप भिरबाट खस्दा हाम फालेका उनी सिकिस्त घाइते भएका थिए । दुर्घटना अघि अफ्ठ्यारो उकालो सडक भएकाले उनले जिपका यात्रुलाई भने ओरालेका थिए ।

