लागूऔषधसहित वीरेन्द्रनगरबाट एक पक्राउ

कर्णाली अनलाइन २७ भाद्र २०७९, सोमबार १४:१७

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–१२ चाँदनी चोकबाट प्रहरीले एक जनाई पक्राउ गरेको हो।

लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले जीवन सोमई मगरको घरमा खानतलासी गरेको थियो।

प्रहरीकाअनुसार घरमा खनतलासी गर्दा उनको कोठाबाट १ पुडीया प्लाष्टिकमा पोका पारी राखेको लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो शुद्ध ४३० मिलि ग्राम धुलो पदार्थ बरामद गरेको छ।लागूऔषध बरामदसँगै मगरलाई पनि नियन्त्रणमा लिएको प्रहरीको भनाई रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

६ सचिवको सरूवा, गुप्तचरको प्रमुखमा थापा

२७ भाद्र २०७९, सोमबार १४:१७
काठमाडौं ।आजको मन्त्रीपरिषदको बैठकले नेपाल सरकारका ६ जना सचिवहरूको सरुवा गरेको छ। गृह, वाणिज्य र अख्तियारका सचिवको सरुवा गरिएको हाे। साथै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले भोलिदेखि लिने अनिवार्य अवकाशसँगै सरकारले आज विभागका  एआईजी हुतराज थापालाई प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ। थापा विभागको तीन वर्ष प्रमुख हुनेछन्। राज्य व्यवस्था […]