६ सचिवको सरूवा, गुप्तचरको प्रमुखमा थापा

कर्णाली अनलाइन २७ भाद्र २०७९, सोमबार २३:०६

काठमाडौं ।आजको मन्त्रीपरिषदको बैठकले नेपाल सरकारका ६ जना सचिवहरूको सरुवा गरेको छ। गृह, वाणिज्य र अख्तियारका सचिवको सरुवा गरिएको हाे।

साथै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले भोलिदेखि लिने अनिवार्य अवकाशसँगै सरकारले आज विभागका  एआईजी हुतराज थापालाई प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ।

थापा विभागको तीन वर्ष प्रमुख हुनेछन्। राज्य व्यवस्था समितिमा छलफलमा रहेको ऐनमा राखिएको चार वर्षे व्यवस्था पास भएको अवस्थामा थप एक वर्षसमेत उनले खान पाउनेछन्। विभागको रिक्त एआईजीमा टेकेन्द्र कार्कीको बढुवा भएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगर नगरपालिकाले मुख्यबजार क्षेत्रका अवैध संरचना हटाउन गर्यो शुरु

२७ भाद्र २०७९, सोमबार २३:०६
सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको नगरपालिका वीरेन्द्रनगरले अवैध संरचना हटाउन शुरु गरेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा अवैध संरचनाका क्रुप बनेको र सडक विस्तारमा कठिनाइ देखिएपछि नगरपालिकाले सात दिनभित्र संरचना हटाउन दिएको अल्टिमेटमअनुसार संरचना हटाउनु शुरु गरेको हो । नगरपालिकाले मंगलगढी चौकबाट प्रवेश गर्ने मुख्य बजार क्षेत्रमा रहेका विद्युत, […]