वीरेन्द्रनगरमा कसले चलायो गोली ?प्रहरीले अनुसन्धान गर्दै

कर्णाली अनलाइन २३ चैत्र २०८१, शनिबार २०:१५

सुर्खेत । शनिबार ‎वीरेन्द्रनगरमा गोली चलेको छ। ‎वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा बिहान अज्ञात स्थानबाट गोली चलेको बताइएको छ। ‎

उक्त गोली छाना छेडेर कोठाभित्र खसेको छ। ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए। ‎‎

‘यो गोली कताबाट आयो, कसले चलायो यसै भन्न सकिने‌ अवस्था छैन,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि मतदान सकियो

२३ चैत्र २०८१, शनिबार २०:१५
काठमाडौँ।नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सम्पन्न भएको छ।प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले आज बिहान ८ बजेदेखि सुरु भएर अपराह्न ४ बजेतिर मतदान सम्पन्न भएको जानकारी दिए। नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत‚ राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र र […]