गुराँस गाउँपालिकाद्धारा सञ्चालित एम्बुलेन्स दुर्घटना

कर्णाली अनलाइन १८ कार्तिक २०७९, शुक्रबार १७:५७

सुर्खेत।दैलेख गुराँस गाउँपालिकाले संचालन गरेको एम्बुलेन्स दुर्घटना भएको छ ।सुर्खेत बिरामी छोडेर धरमपोखरा फर्किदै गरेको भे १ झ ३०१ नम्बरको एम्बुलेन्स दैलेख र सुर्खेतको सिमाना भिउचुला नजिक बिहान ३ बजे दुघटना भएको हो ।

प्रहरीका अनुसार एम्बुलेन्स करिब २ सय मिटर तल खसेको छ । एमबुलेन्समा चालक मात्रै रहेको र उनी सामान्य घाइते भएको लालिकाडाँ प्रहरी चौकी धरमपोखराका प्रहरी निरक्षक श्याम थापाले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आयोगले सोध्यो बालेनलाई स्पष्टीकरण

१८ कार्तिक २०७९, शुक्रबार १७:५७
काठमाडौँ।निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’लाई स्पष्टीकरण सोधेको छ। ‘हाम्रो नेपाली पार्टी’का विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरुले ‘जय लौरो’ नामक फेसबुक पेज बनाएको र त्यसमा ‘बालेनको पनि साथ छ’ भनेर प्रचारप्रसार गरिएको भन्दै आयोगले शाहलाई स्पष्टीकरण सोधेको हो। आयोगले शाहलाई शनिबार पत्र काट्दै दुई दिनभित्र जवाफ दिन भनेको हो।आयोगले […]

सम्बन्धित शीर्षक