चीनले कर्णालीका भूकम्पपीडितलाई १० करोड बराबरको सामग्री सहयोग गर्ने

कर्णाली अनलाइन १८ कार्तिक २०८०, शनिबार १९:४१

सुर्खेत।चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेको हो ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पहिलो आपतकालीन सहायताको रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने सबै सामग्री एक–दुई दिनमा आइपुग्ने जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाजरकोट भूकम्प -गुराँस गाउँपालिकाले पनि पठायो राहत सामाग्रीसहित डाक्टरको टोली

१८ कार्तिक २०८०, शनिबार १९:४१
सुर्खेत।भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा गुराँस गाउँपालिका दैलेखले राहत सामाग्रीसहित डाक्टरको टोली पठाएको छ । आज गुराँस अस्पतालमा कार्यरत मेडिकल डाक्टर नभिता कँडेल भारती नेतृत्वको टोली प्रभावित क्षेत्रमा पठाईएको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर वि .सीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। स्वास्थयकर्मीहरुको नेतृत्व गर्दै डाक्टर नभिता कँडेल भारती र स्वयम्सेवक सहित […]