यो व्यवस्थाप्रति जनतामा वितृष्णा बढ्यो– पूर्व राजा ज्ञानेन्द्र

कर्णाली अनलाइन १३ जेष्ठ २०८०, शनिबार १७:३२

सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाहले यो व्यवस्थाप्रति जनतामा वितृष्णा बढ्न थालेको बताएका छन् । शनिवार वीरेन्द्रनगरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले आफू पुग्ने ठाउँहरुमा यस्ता आवाज सुन्ने गरेको दावी गरे ।

आफ्नो पहिचान हाम्रो शान हो । आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो ।’ शाहले भने, ‘हामी जहाँ–जहाँ पुग्छौं, त्यहाँ–त्यहाँ नेपालीहरुको यस्तै यस्तै आजाव सुन्छु । त्यसैले अब कसरी जाने ?, के कस्तो विधि व्यवस्था अंगाल्ने ? र हाम्रो गौरव गरिमालाई कसरी बचाउने ? अब सोचौं, के गर्दा देशको राम्रो हुन्छ ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौं ।’

राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुने उल्लेख गर्दै शाहले अगाडि भने, ‘नेपालको पिरमर्का बुझ्न नेपाली मनले मात्र सक्छ । अब हामी भन्छौं, मिलौं । हामी सबै एक भएर जुटौं । हामी नफुटौं । परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौं । स्वधर्मबाट हटेर होइन एकजुट भएर राष्ष्ट्रको निम्ति एकसाथ अघि बढौं ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डिल्लीबजार जेलबाट रिहा भए लगतै रेशम चौधरी पुगे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

१३ जेष्ठ २०८०, शनिबार १७:३२
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्।सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका रेशम उनकी श्रीमती एवं मन्त्री रञ्जिता श्रेष्ठसँग बालुवाटार पुगेका हुन्। जेलबाट रिहा भएपछि उनी मन्त्री क्वाटर पुगेका थिए। क्वाटरबाट प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशमले […]